१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


प्रतिनिधिसभामा चार विधेयक पेस


0
Shares

काठमाडौं, माघ २१ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा चार विधेयक पेस भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेस गरेका हुन् ।

यसअघि, मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राखेका थिए । बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेस गरिएको हो । रासस