२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इलामको छुर्पी कुकुरको आहाराका लागि अमेरीका र जापानमा ‘डिमाण्ड’


0
Shares

इलाम । छुर्पीको माग विदेशी मुलुकमा उच्च भएसँगै इलामका ग्रामिण क्षेत्रमा उत्पादन बढाइएको छ । कुकुरको आहाराका लागि अमेरीका र जापानमा निकासी बढेपछि गाउँगाउँमा डेरी उद्योग खोलिएका हुन् ।

दुग्ध उत्पादनमा अग्रणी स्थानमा रहेको इलाममा छुर्पीको निर्यात बढ्दा कृषकलाई थप राहत मिलेको छ । प्रतिकिलो १ हजार रुपैयाँसम्ममा छुर्पी बिक्री गर्ने गरेको कृषकले जनाएका छन् ।

वार्षिक १ लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने इलाममा घिउछुर्पी उत्पादन वाहेक, चिज, ललिपप, बम्मैसन निर्माण र बाँकी दुध दुग्ध वितरण आयोजना डीडीसीमा जाने गरेको छ ।

इलाममा १२० वटा गाई फार्म र सहकारीमा आवद्ध किसानहरुले दुग्ध उत्पादन गर्ने गरेका छन् । जिल्लाका १५ वटाभन्दा बढी गाउँमा व्यावसायिक गाई पालन गरेर किसानले दैनिक पाँच देखि ४० लिटर सम्म दुग्ध बिक्री गर्ने गरेका छन् ।