२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेप्से नगन्य अंकले करेक्सन, कारोबार थप खुम्चियो


104
Shares

काठमाडौं, पुष १३ । सोमबार भारी दरले ओरालो लागेको शेयर बजार मंगलबार करिब स्थिर रहेर थामियो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से मात्र सामान्य अंकले करेक्सन भयो । उतार चढावबीच नेप्से अढाई २ अंक बराबरले ऋणात्मक रहेर २५ सय १८ कायम भएर थामिएको हो ।

दिनभरी उतार चढाव हुँदा नेप्से केही समय सकारात्मक पनि रहेको थियो । कारोबार भने थप खुम्चियो ।

सोमबार साढें ५ अर्ब बढीको शेयर किनबेच भएकोमा आज ३ अर्ब हाराहारीमै खुम्चिएको हो । यस दिन ६ वटा समूह सकारात्मक पनि रहे । यस दिन बीमा, लघुवित्त, होटल तथा पर्यटन समूह दोहोरो अंकले ओरालो लाग्दा वाणिज्य बैंक, सामूहिक लगानी कोष र लगानी समूह सामान्य अंकले ऋणात्मक रहे ।

अरु समूह सकारात्मक रहेका हुन् । उत्पादनमूलक समूहमा सय अंक बढीको बृद्धि आयो । जलविद्युत, व्यापार र वित्त समूह दोहोरो अंकले उकालो लाग्दा अन्य र विकास बैंक समूह सामान्य अंकले हरियो रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३० कम्पनीको ५८ लाख कित्ता शेयर ३ अर्ब १२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन ९४ कम्पनीको शेयर मूल्य घट्दा ८८ कम्पनीको बढ्यो भने ८ को स्थिर रहेको नेप्सेले जनाएको छ ।