काठमाडौं, माघ २० । ‘कोरोनाभाइरस’को संक्रमण बढेसँगै अधिकांश नेपाल–चीन उडान स्थगन गरिएको छ ।
भाइरस संक्रमण बढेसँगै नेपाल उडान गरेकामध्ये अधिकांश वायुसेवा कम्पनीले हाललाई उडान बन्द गरेका हुन् ।
चाइना इष्टर्न, एअर चाइना, सिचुवान, टिब्बेटियन एअर र हिमालयन एअरले केही समयका लागि नेपाल–चीन विमान सेवा बन्द गर्न पत्राचार गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
चाइना साउदर्नबाहेक अन्यले उडान स्थगित गर्न पत्राचार गरेको उनले जानकारी दिएका हुन् ।
पर्यटकको संख्या घट्दै गएको र सम्भावित जोखिमलाई दृष्टिगत गरी हाललाई उडान स्थगन गरेको सन्चालकहरुले बताएका छन् ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले तत्कालका लागि चीनका तीन सहर सेन्जेन, छाङसा र गोया उडान स्थगन गरेको जनाएको छ ।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोनाभाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिएका हुन् ।





प्रतिक्रिया दिनुहोस्