५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


टी–२० विश्व वरीयतामा नेपाल यथावत्


0
Shares

काठमाडौं, माघ २० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को ट्वेन्टी–ट्वेन्टी विश्व वरीयतामा नेपाल १२औं स्थानमा यथावत् रहेको छ ।

आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–२० तर्फ यथावत् रहेको हो ।

टी–२० को विश्व वरीयतामा पाकिस्तान पहिलो, अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।

खेलाडी वरीयता

ट्वेन्टी–ट्वेन्टीको खेलाडी वरीयताअन्तर्गत् ब्याटिङतर्फ पारस खड्का दुई स्थान तल झरेर ६२औं स्थानमा पुगेका छन् ।

यसैगरी, बलिङतर्फ सन्दीप लामिछाने दुई स्थान तल झरेर ८५औं स्थानमा रहेका छन् ।

अलराउन्डरतर्फ पारस २७औं, सोमपाल कामी ६५औं तथा करण केसी ७५औं स्थानमा रहेका छन् ।

त्रिकोणात्मक एकदिवसीय

नेपालले आउँदो बुधबारदेखि अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय क्रिकेट त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्दैछ ।