‘ए’ डिभिजन लिग : आज सातदोबाटो र जावलाखेल भिड्दै « Image Khabar


‘ए’ डिभिजन लिग : आज सातदोबाटो र जावलाखेल भिड्दै


52
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैठौं चरणअन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यस्तै, जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।