Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


उखु किसानद्वरा तेस्रो चरणको आन्दोलनको घोषणा


0
Shares

सर्लाही । सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।

उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरण्का आन्दोलनका कार्यक्रम  सार्वजनिक गरेको हो ।

सरकारले माघ ८ गते भित्र उखु मिलहरुबाट पाउनु पर्ने र अनुदान रकम भुक्तान गराउने सहमति गरेकोमा सो अनुसार गराउन नसकेकाले आफुहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको समितिले जनाएको छ ।

सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट सबै पुरानो बक्यौता भुक्तानि गराउने प्रतिवद्धता जनाएको थियो । उद्योगमन्त्री लेखराज भट्ट आफैले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काउनु भएको थियो ।

तर मध्य माघ भइसक्दा समेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानी पाएका छैनन् । 

अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानि गर्न बाँकी छ ।

समितिले फागुन मसान्त सम्म किसानहरुले पाउनुपर्ने रकम भुक्तानी नपाए चैत्र ४ गते देखि पुनः राजधानी केन्द्रीत आन्दोलन थाल्ने चेतावनी दिएको छ । 

उनीहरुले माघ १९ गते देखि नै गाउँ गाउँमा पुगि किसानहरुले पाउनु पर्ने बक्यौता रकमको विवरण संकलन गर्ने, एक छाक मात्र खाना खाई खेतमा काम गर्ने, जागरण अभियान चलाउने देखि माइतिघर मण्डलामा आइ रिले अनसन थाल्ने सम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।