Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कर नतिरेसम्म एनसेललाई फ्रिक्वेन्सी नदिन लेखाको निर्देशन


0
Shares

काठमाडौं । संसदको सार्वजानिक लेखा समितिले एनसेलले कर नतिरेसम्म उसलाई फ्रिक्वेन्सी नदिन दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

आइतबार एनसेलको लाभकर, फ्रिक्वेन्सी वितरण लगायतका विषयमा लेखा समितिमा भएको छलफलमा समितिले एनसेलले कर नतिरे सम्म कुनै फाइल वा पस्तावको प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

समिति सभापति भरत शाहले एनसेलले पुँजीगत लाभकरको भुक्तानी नगरुन्जेल सम्मको लागी फ्रिक्वेन्सी नदिन निर्देशन दिएका हुन ।

एनसेलको बाँकी रहेको पुँजीगत लाभकर यसै आर्थिक वर्ष भित्र उठाउने राजश्व सचिव शिशिर ढुंगानाले जानकारी दिए ।

एनसेलले अब तिर्न बाँकी २२ अर्ब ४४ करोड रकम चार किस्तामा तिर्नको लागि प्रतिबद्धता जनाइसकेको भन्दै यस आर्थिक वर्ष भित्रै सम्पूर्ण बक्यौता रकम उठाइने उनले उल्लेख गरे ।

सांसद प्रेम आलेले युटिएल र एनसेलले तिर्नुपर्ने रकम यथाशिघ्र उठाई फ्रिक्वेन्सी दिनुपर्ने बताए ।

सांसदहरुले दुरसञ्चार कम्पनीहरुले सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तान नगरेका प्रति आपत्ति जनाएका थिए ।

सांसदहरुले स्मार्ट, युटिएल तथा नेपाल स्याटलाईट कम्पनीका बक्यौता रकम ब्याज सहित उठाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।