२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चीनमा घातक बर्डफ्लूको प्रकोप पनि देखियो


0
Shares

काठमाडौं । चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको छ ।

यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको हो जुन कोरोना भाइरसको संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ ।

स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् ।

मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लुको सङ्क्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको जनाएको छ ।

चीनले कोरोना भाइरसको सङ्क्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई दोहोरो समस्या परेको छ ।