५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


बलिउड अभिनेत्री सुस्मिता सेनले प्रेमीसँग किन तोडिन् सम्बन्ध ?


2.041k
Shares

एजेन्सी । भारतीय अभिनेत्री सुस्मिता सेनले आफ्नो प्रेमीसँग सम्बन्ध तोडेकी छिन् ।

बलिउड अभिनेत्री सुस्मिता सन् १९९४ मा भएको मिस इन्डिया र मिस युनिर्भसकी विजेता हुन् । सुस्मिताले रोहमन साल सँगको लामो सम्बन्ध अब अगाडी नबढ्ने सामाजिक सञ्जाल मार्फत बताएकी छिन् । सुस्मिताले ४७ वर्षको उमेरमा सबैलाई चकित पार्दै रोहमन सँगको ब्रेकअपलाई बाहिर ल्याएकी छिन् । सुस्मिताले रोहमन सँगको ब्रेकअप पछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्ना प्रशंशकलाई भनेकी छिन् “शान्ति सुन्दर छ । म तपाईहरुलाई धेरै माया गर्छु । ”

सुस्मिताले रोहमनसँगको फोटो सेयर गर्दै भनेकी छिन् । “साथीबाट हाम्रो सम्बन्ध सुरु भएको थियो हामी साथीनै थियौं, रिलेनसीप धेरै पहिला नै सकिएको थियो । तर माया अझै बाँकी छ ।”उनको यो पोष्टलाई रोहमनले पनि सेयर गरेका थिए । उनीहरुको माया सामाजिक सञ्जालबाट सुरु भएर सामाजिक सञ्जालमा नै सकिएको छ ।

तर उनीहरुको सम्बन्ध सकिनुको कारण अझै थाहा भएको छैन् । ब्रेकअप पछि रोहमनले सुस्मिताको घर छोडेको कुरा समाचारमा छ ।