
एजेन्सी । रियालिटी टीभी सर्भाइबल एक्सपर्ट बेयर ग्रिल्स आफूले गर्दै आएकाे कामबाट पछुताएका छन् । रियालिटी टीभी सो म्यान भर्सेस वाइल्ड कार्यक्रममा उनले जिउँदा जिवजन्तु मारेर खाने गरेका थिए ।
उनले बीबीसीसँग कुरा गर्दै भनेका छन् ‘मैले जिउँदो जनावर मारेर खानुको सट्टा मरेका जनावरबाट आफ्नो पेट भर्नु पर्थ्याे । उनी भन्छन् ‘कार्यक्रमको सुरुवाती दिनमा पेट भर्नका लागि हामीहरुले धेरै नै जिउँदा सर्प , किरा फट्याङग्रा र जमीनमा रहेका जीवहरुलाई मारेका थियौ । अब म यो चिजहरुबाट धेरै नै टाढा भइसकेको छु ।’
उनले रियालिटी टीभी सो बाच्नलाई कसरी सघर्ष गर्ने अर्थात म्यान भर्सेस वाइल्ड भन्ने कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनको यो कार्यक्रम संसारभर नै एक प्रसिद्ध कार्यक्रम मानिन्छ । यस कार्यक्रमबाट उनले संसारभर प्रसिद्धि कमाएका छन् । उनको यस कार्यक्रममा अमेरीकी पुर्व राष्ट्रपति बाराक ओबामादेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी भइसकेका छन् । यस कार्यक्रमले सुनसान र घना जंगलमा एक्लै कसरी बाच्न सकिन्छ भन्ने सिकाउँछ । यस कार्यक्रमका सहभागीले खान र बस्नको लागि गरेको सर्घष देख्न सकिन्छ । उनीहरुले खान र पिउनको लागि पानी समेत नपाएपछि जंगलमा जंगली फल र सर्प, बिच्छी जस्ता कुराहरुलाई मारेर खाएको देख्न सकिन्छ ।
तर अब उनले कार्यक्रममा मरेका जनवारलाई मात्र प्रयोगमा ल्याउने बताएका छन् ।कार्यक्रम सञ्चालनको बेलाको अनुभव सुनाउदै ग्रिल भन्छन् ‘मैले शाकाहारी मानिसबाट धेरै नै प्रेरणा प्राप्त गरेको छ । जसले मलाई सोच्न बाध्य बनायाे ।’ उनको कार्यक्रममा गएका शाकाहारीहरुले उनलाई मासु खानेबारे सोच्न बाध्य बनाए । उनी भन्छन् ‘मैले धेरै शाकाहारी स्टारहरुलाई जंगलमा लगेको छु । त्यो मेरो लागि एउटा सुन्दर अनुभव हो । उनीहरुप्रति म सधैँ सम्मान राख्ने छु ।’
ग्रिल्सको अर्काे टिभी साे इन्टु द वाइल्ड विथ बेयर ग्रिल्समा थुप्रै भारतीय कलाकारहरु समेत सहभागी भएका छन् । भारतीय अभिनेता अक्षय कुमार, रजनीकान्त, अजय देवगन, विक्की कौशल आदि अभिनेताले सहभागीता जनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्