२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


क्लज थिचिएर ट्रक दुर्घटना हुँदा सवारी धनी कार्कीको मृत्यु


4.888k
Shares

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

आज बिहान बा २ ख ३६८९ नम्बरको(महेन्द्र निसान) ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राइले जानकारी दिनुभयो ।

ट्रक लगभग १०० मिटर तल खसेको स्थानीयले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षिय कमल कार्कीको मृत्यु भएको निरीक्षक राइले बताउनुभयो । सवारी धनी समेत रहेका कार्कीको दुर्घटनाबारे प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।