Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


104
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ।

राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीको राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताइएको छ । माओवादीले यही पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।