कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी « Image Khabar


कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी


234
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएकाे छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९ सय ९६ मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै, २८ मत बदर भएको छ ।

राम सरोजलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन थियो । आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो मात्रै मतदान भएको थियो ।