
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।
आर्मी र पुलिसबीचको भिडन्त त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । ए डिभिजन लिगको पहिलो उपाधि जित्ने दाउमा रहेको आर्मी अहिले २० अंक सहित दोस्रो स्थानमा छ ।
आर्मीले नौ खेल खेल्दा ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । नेपाल पुलिस क्लब भने १४ अंक सहित छैटौं स्थानमा छ ।
पाँच पटकको च्याम्पियन पुलिसको लक्ष्य शीर्ष ६ भित्र रहने हो । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब प्रतिष्पर्धा गर्दैछन् ।
संकटा आठौं स्थानमा छ भने हिमालयन शेर्पा क्लबलाई रेलिगेसनको चरम दबाब छ । शेर्पाले नौ खेल खेल्दा एक जित र चार बराबरीका साथ सात अंक बनाएको छ ।
शेर्पा रेलिगेशन जोनभन्दा दुई अंकमात्र माथि छ ।
प्रतिक्रिया दिनुहोस्