Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


संसद अवरोध खुलाउन सभामुख र सरकारलाई राप्रपा अध्यक्षको ध्यानाकर्षण


156
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउनुभएको छ ।

अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाउनुभयो ।

‘लामो समयदेखि अवरुद्ध हुँदा संसदको उपहास भएको छ, जनताको समस्याहरूको आवाज उठाउने ठाउँ नियमित रुपमा अवरुद्ध हुनु दुःखदायी छ,’ उहाँले भन्नुभयो, ‘चाँडोभन्दा चाँडो सरकार, संसदको सभामुख सबैको पहलबाट संसदको अवरोध खुलाउनुपर्छ ।’

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष लिङ्देनले नियमित रुपमा संसद अवरुद्ध हुने काम दुःखद् भएको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।