५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


खप्तड गोल्डकप फागुन ९ देखि, विजेतालाई २१ लाख


0
Shares

कैलाली, माघ १८ । सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण आउँदो फागुन ९ गतेदेखि आयोजना हुने भएको छ ।

आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

फागुन २० गतेसम्म चल्ने प्रतियोगिताका लागि तयारीसमेत सुरु गरिएको आयोजकले जनाएको छ ।

चौधरी ग्रुपको नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक क्लब प्रतियोगिताको तयारीमा जुटेको हो ।

१२ टोली

प्रतियोगितामा दुई विदेशीसहित १२ टोली सहभागी हुने जनाइएको छ ।

विजेतालाई २१ लाख एक रुपैयाँ तथा उपविजेतालाई १० लाख एक रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

उत्कृष्टलाई मोटरसाइकल

प्रतियोगिता धनगढी रंगशालामा हुनेछ ।

उत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, विधागततर्फ उत्कृष्टहरुलाई जनही १५ हजार र प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।