
चितवन, माघ १८ । धादिङको गल्छी गाउँपालिकाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १०० टिपर बालुवा सहयोग प्रदान गरेको छ ।
सहयोगस्वरुप उपलब्ध गराएको बालुवा शनिबार चितवन पुर्याइएको छ ।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवाको निःशुल्क ढुवानी गरिदिएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठसहितको टोली बालुवा लिएर चितवन आइपुगेको हो ।
रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ ।
मैदान, संरचनाको जग राख्ने, ढल निकासलगायतका काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।
रंगशालामा नमुना खेलमैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् ।
रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्सांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएकोे छ ।
प्रतिक्रिया दिनुहोस्