
बुटवल । लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको बेवारिसे अवस्थामा शव भेटिएको छ ।
मन्दिरको पछाडीको झाडीमा अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
मायादेवि मन्दिर पछाडि रहेको इलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा मधेसी मुलकी ती युवतीको शव मंगलबार साँझ फेला परेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले बताउनुभयो ।
स्थानीय प्रत्यक्षदर्शीले खण्डहर सहितको झाडीमा शव रहेको सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेर शव बरामद गरिएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाईएको र घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रवक्ता चन्दले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्