२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


धनाढ्य विनोद चौधरीसहित ५ जना मधेशी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा विजयी

मधेशी महिलामा सबै देउवा पक्ष विजयी

637
Shares

काठमाडौ । नेपाली कांग्रेसको मधेशी कोटातर्फको केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित हुनुभएको छ ।

नेपालका धनाढ्य चौधरी २२०६ मत ल्याएर कांग्रेस केन्द्रीय सलस्यमा निर्वाचित हुनुभएको हो ।बढी मत ल्याउनेमा भने अजयकुमार चौरसिया रहनुभएको छ । चौरसिया २५२२ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ भने चन्द्रमोहन यादवले २१३८ मत ल्याएर केन्द्रीय सदस्य हुनुभएको छ । त्यस्तै १९५९ मत ल्याएर दिनेशकुमार यादव पनि केन्द्रीय सदस्य बन्नु भएको छ । यसैगरी महेन्द्रकुमार रायले १९८४ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित ५ जना मध्ये चार जना सभापति शेरबहादुर देउवा र चन्द्रमोहन भने शेखर कोइराला पक्षका उम्मेदवार हुनुहुन्छ । चन्द्रमोहन पूर्व राष्ट्रपति डा. रामवरण यादवका सुपुत्र समेत हुनुहुन्छ ।

मधेशी महिला सदस्यमा देउवा पक्षको जित

मधेशी ४ महिला केन्द्रीय सदस्यमा सभापति देउवा पक्षले जित निकालेको छ । देउवा समूहकी मुक्ता कुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभएको छ भने मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत हप्ताको सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । अहिलेसम्म पदाधिकारी १३ सहित विभिन्न क्लष्टरका केन्द्रीय सदस्यको गरेर ७२ पदको मतगणना सार्वजनिक भएको छ । अब ६२ पदको मतगणना हुन बाँकी छ ।

कांग्रेसमा महाधिवेशनबाट पदाधिकारी सहित १३४ जना निर्वाचित भएर आउनु पर्ने प्रावधान छ भने ३३ जनालाई सभापतिले केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रावधान कांग्रेस विधानमा छ ।