९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


जसपा त्यागेका गुप्ता भन्छन्– ‘क्षेत्र विकासको लागि एमाले रोजे’


1.703k
Shares

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ताले आफ्नो क्षेत्र विकासका लागि नेकपा (एमाले)मा प्रवेश गरेको बताउनुभएको छ ।

नेकपा (एमाले) जिल्ला कार्यसमितिले कपिलवस्तुको बहादुरगंजमा गरेको आमसभामा सम्बोधन गर्दै नेता गुप्ताले गाउँ र क्षेत्रको विकासका लागि आफूले एमाले रोजेको बताउनुभयो ।

पार्टी प्रवेशसँगै अब आफ्नो क्षेत्रलाई नै एमालेमय बनाउने उहाँको भनाइ छ । गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।