काठमाडौं, माघ १७ । नेपाल वायुसेवा निगमले दुईओटा ‘वाइडबडी’ खरिद गर्दाको ऋणको पुस मसान्तसम्म भुक्तानी गर्नुपर्ने किस्ता भुक्तान गरेको जनाएको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्तावापत् एक अर्ब बढी भुक्तान गरेको जनाएको हो ।
दुईओटा वाइडबडीको किस्ता रकम रु. ६६ करोड ५५ लाख र ‘न्यारोबडी’को रु ३४ करोड ८५ लाख बराबर गरी जम्मा रु एक अर्ब एक करोड बराबर भुक्तानी गरेको निगमले जानकारी गराएको छ ।





प्रतिक्रिया दिनुहोस्