डडेल्धुरा, माघ १७ । डडेल्धुराको आलिताल गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ ।
शुक्रबार दिउँसोे ३ नम्बर वडाको बैठकमा सहभागी हुन जाँदै गर्दा मोटरसाइकलमा सवार जोशीलाई चौवण्डले भन्ने स्थानबाट मुकुन्डोधारी समूहले अपहरण गरेको हो ।
कुटपिटबाट घाइते भएका जोशीको खुट्टा भाँचिनुका साथै टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
जोशीलाई एम्बुलेन्समार्फत् उपचारका लागि धनगढी लगिएको छ ।
घटनामा संलग्नको पहिचान नभएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताको हात हुनसक्ने आशंका गरिएको छ ।
जोशी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।








प्रतिक्रिया दिनुहोस्