Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


३७५० मत गन्दा खुला महिला केन्द्रीय सदस्यमा देउवा पक्ष हाबी


3.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरूले अग्रता कायम राखेका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म ३७ सय ५० मत गणना भइसकेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।

हालसम्म डिला संग्रौला २३ सय ४६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने पुष्पा भुसालले २२ सय २३, आरजु राणा देउवाले २ हजार ८३ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै, अम्बिका बस्नेतले १८ सय ८९, ईश्वरी न्यौपानेले १८ सय २६, सरिता प्रसाईंले १६ सय ७४, रमा कोइराला पौडेलले १५ सय ३९, सुशिला ढकाल आचार्यले १४ सय ७६, रङ्गमती शाहीले १४ सय ७६, अनिता देवकोटाले १३ सय ८७ र जमुना ढाकालले १२ सय ५३ मत प्राप्त गरेका छन् ।

९ जना छनोट खुला महिला समूहमा ३० जना उम्मेदवार रहेका छन् ।