काठमाडौं, साउन २० । वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायीको धरौटी ६ करोड पुर्याए सबै व्यवसायीले व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।
सरकारले म्यानपार व्यवसायीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्याउने गृहकार्य गरिरहेको छ ।
धरौटी बढाइए साना व्यवसायी पलायन हुने र यसबाट पूँजीपतिलाई मात्रै मलजल गर्ने संघका अध्यक्ष रोहन गुरुङको दाबी छ । संघको हालै बसेको भेलाले धरौटी बढाइए व्यवसायी बन्द गरी कार्यालयको साँचो सरकारलाई बुझाउने निर्णय गरिसकेको उनको भनाइ छ ।
उनले आगामी पाँच वर्षभित्र रोजगारीका लागि नेपाली बाहिर जानु नपर्ने घोषणा गरेको यही सरकारले धरौटी रकम किन बढाउनु पर्यो भन्ने प्रश्न पनि गरे ।
वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन आफूहरु तयार रहेको तर धरौटी बढाउन तयार नरहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्