
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौं चरणको समाप्तीसम्म त्रिभुवन आर्मी क्लबको अग्रता कायमै छ ।
आर्मी क्लबले ९ खेलबाट २० अंक जोडेको छ । १९ अंकका साथ मछिन्द्र क्लब दोस्रो स्थानमा छ भने तेस्रो स्थानको मनाङ मस्र्याग्दी क्लबको पनि १९ अंक छ ।
नवौं चरणसम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब मात्रै अपराजित रहेको छ । मनाङले ५ खेलमा जीत हात पार्दा ४ खेल बराबरीमा रोकिएको छ ।
शीर्ष स्थानको आर्मीले ६ खेलमा जीत हात पार्दा २ खेलमा बराबरी खेलेको छ । आर्मीले मनाङ विरुद्धको एक खेल मात्रै हारेको छ ।
यसैगरी मछिन्द्रले ६ खेलमा जीत र २ खेलमा बराबरी गर्दा १ खेलमा पराजित भएको छ । लिगमा दशौं चरणका खेलहरु भोलिदेखि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्