
एजेन्सी । सर्वियन खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन ।
स्विट्जरल्याण्डका परिचित प्रतिद्धन्दी रोजर फेडररलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले फाइनलमा ठाउँ बनाएका हुन् ।
अष्ट्रेलियाको मेलबर्न पार्कमा भएको सेमिफाइनलमा खेलमा जोकोभिच ७–६, ६–४ र ६–३ को सेटमा विजयी भए ।
करियरको १७ औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेका जोकोभिचले उपाधिका लागि डोमिनिक थिएम र एलेक्जेडर भेरेभमध्ये एक जनाँग खेल्नेछन् ।
३८ बर्षे फेडेररको भने २१ औं ग्राण्डस्लाम जित्ने लक्ष्य फेरीपनि अधुरो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्