५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


बार्सिलोनाकालागि मेसीले गरे पाँच सय गोल


0
Shares

एजेन्सी । लेगानेजलाई ५–० ले हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती आफ्नै मैदान नुओ क्याम्पमा भएको खेलमा बार्सालाई विजयी गराउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

यसैगरी एन्टोनी ग्रिजम्यान, क्लेमेन्ट लेन्गलेट र अर्थरले एक एक गोल थपे । गएरातिको जितसँगै मेस्सीले बार्सिलोनाको लागि ५ सय गोल पुरा गरेका छन् ।

बार्सिलोनासंगै रियाल मड्रिड, भ्यालेन्सिया, एट्लेटिक बिल्वाओ, भियारियाल, ग्रानाडा, रियाल सोसिडाड र मिरन्डासले पनि कोपा डेल रे फुटबलको क्वाटरफाईनलमा ठाउँ बनाएका छन् ।