कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गन्दा शशांक २४४२ मत सहित पहिलो, दोस्रोमा एनपी सावद « Image Khabar


कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गन्दा शशांक २४४२ मत सहित पहिलो, दोस्रोमा एनपी सावद

अहिलेसम्म कसले कति मत ल्याए ?

260
Shares

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर बाँकी पुनः आज ९ बजेदेखि गणना गर्ने भनिएकोमा आज बिहान पौने ११ बजेबाट मात्रै मत गन्न थालिएको हो । केन्द्रीय सदस्यको मतगणनामा शुरुवाती अग्रता कायम गर्नुभएको कांग्रेस नेता डा.शशांक कोइरालाले अझै पनि अग्रतालाई निरन्तरता दिनु भएको छ । अहिले सम्म गणना गरिएको २९ सय ९३ मत गन्दा कोइरालाले २४सय ४२ मत ल्याउनु भएको छ । त्यस्तै एनपी सावदले १८९६ मत ल्याउनु भएको छ ।

ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालय भइरहेको केन्द्रीय सदस्यहरुको मत गणनाको परिणाम आजै बेलुकासम्म आइसक्ने कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले जनाएको छ । पदाधिकारीको मतगणना सकिएपछि हिजोबाट केन्द्रीय सदस्यको खुलातर्फको मतगणना शुरु भएको हो । कांग्रेसमा खुलातर्फ ३५ जना महाधिवेशनबाट निर्वाचित हुनेमा ९९ जनाले प्रतिस्पर्धा गरेका छन् । कांग्रेस महाधिवेशनमा ४६ सय भन्दा बढी मत खसेको थियो ।

अहिलेसम्म कसले कति मत ल्याए ?