Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


सेयरबजार पुनः उकालोतर्फ, नेप्से र कारोबार दुवैमा सुधार


0
Shares

काठमाडौं, माघ १६ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा उल्लेख्य सुधार आयो ।

बजार परिसूचक दोहोरो अंकले उकालो लाग्दा कारोबार पनि उच्च झन्डै दुई अर्ब बराबर पुग्यो ।

उतार–चढावबीच नेप्से झन्डै २० अंकले उकालो लागेर १३ सय २५ पुग्यो । व्यापार समूहबाहेक कारोबार भएका अरु सबै समूह सकारात्मक रहे । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च २२४ अंकको वृद्धि आयो । जीवनबिमा समूह पनि १६८ अंकले उक्लियो । होटल, वाणिज्य बैंक, लघुवित्त र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीका ४६ लाख बढी कित्ता सेयर एक अर्ब ९७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।