काठमाडौं । वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सवा खर्ब रुपैयाँ व्यापारघाटा भएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्ममा भारतसँगको आयात/निर्यात व्यापारको आँकडा १ खर्ब २० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको हा ।
गत चार महिनामा भारतबाट वीरगञ्ज नाका हुँदै १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ । यही अवधिमा भारततर्फ भने ३८ अर्ब रुपैयाँ बराबरको माल सामान निकासी भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाकामार्पmत भएको आयात निर्यातमा भारतसँगको व्यापारघाटा कुल घाटाको करीब ६५ प्रतिशत हो ।
चालू वर्षको पहिलो ४ महीनामा वीरगञ्ज नाकाबाट कुल व्यापारघाटा १ खर्ब ८५ अर्ब रुपैयाँ बराबर छ । यस अवधिमा यो भन्सार हुँदै कुल वैदेशिक व्यापार २ खर्ब ६४ अर्ब रुपैयाँको भएको थियो । २ खर्ब २४ अर्ब रुपैयाँको आयात हुँदा निर्यात ३९ अर्ब ५६ करोड रुपैयाँ बराबर मात्र भएको हो ।
वीरगञ्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन, पार्टपुर्जा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न आयात हुन्छ । प्रशोधित तेल, जुसजाम, कपडा, धागो, गलैैंचा, कार्पेटलगायत निर्यात हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्