
काठमाडौं, माघ १६ । ब्रिगड ब्वाइज क्लब (बीबीसी)लाई हराउँदै न्यूरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ ।
एनआरटी २–० बीबीसी
बिहीबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा एनआरटीले ब्रिगेड ब्वाइजलाई २–० ले हरायो ।
गोलकर्ता
एनआरटीका लागि दुवै गोल राजेश परियारले गरे । उनले खेलको ३२औं र ५२औं मिनेटमा गोल गरेका हुन् ।
एनआरटीको १५ अंक
जितसँगै एनआरटीले लिगमा ९ खेलबाट १५ अंक जोडेको छ । समान खेलबाट २० अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको मच्छिन्द्र क्लब र तेस्रो स्थानको मनाङ–मर्स्याङ्दी क्लबको समान १९ अंक रहेको छ ।
एनआरटी १५ अंकसहित चौथो स्थानमा उक्लिँदा पाँचौं स्थानको थ्रीस्टार क्लब तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको १४/१४ अंक रहेको छ ।
फ्रेन्ड्स १–० च्यासल
‘ए’ डिभिजन लिगअन्तर्गत् बिहीबारै भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई १–० ले हरायो ।
निर्णायक गोल
खेलमा फ्रेन्ड्सलाई विजयी गराउन ८४औं मिनेटमा उत्तम राईले निर्णायक गोल गरे ।
फ्रेन्ड्स ९ खेलबाट ११ अंक जोड्दै लिग तालिकाको नवौं स्थानमा छ । पराजित च्यासल समान खेलबाट ९ अंकसहित १०औं स्थानमा छ ।
दशौं चरणका खेल शनिबारदेखि
यी खेलहरुसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको नवौं चरणका खेलहरु सकिएका छन् । दशौं चरणका खेल आउँदो शनिबारदेखि सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्