Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


702
Shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीय मायादेवी थापालाई हातपात, कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भीरकोट नगरपालिका ६ फोक्सीङ बस्ने ५४ वर्षीय डबल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।

प्रहरी कार्यालय वालिङबाट प्रहरी अधिकृतसहितको टोली खटिई अचेत अवस्थामा रहेकी मायादेवी थापालाई उपचारको लागि गह्रौ प्राथमिक अस्पताल वालिङ लगिएकोमा अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

त्यस लगतै प्रहरीले निज डबल बहादुर थापालाई तत्कालै पक्राउ गरेको हो ।पक्राउ परेका थापालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी आज स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।