बागलुङ । विभिन्न चार स्थानमा प्रहरी चौकी स्थापना गर्न लागिएको छ । प्रदेश सरकारको गाउँपालिका तथा नगरपालिकाको पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार बागलुङको चार स्थानमा प्रहरी चौकी स्थापना हुन लागेको हो ।
प्रहरी चौकीहरु जिल्लाको निसीखोला गाउँपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिका–६ पञ्चकोटमा स्थापना हुने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानाकारी दिए ।
जिल्लाका ४ स्थान मध्य बरेङ गाउँपालिकामा भवन निर्माणका लागि जग्गा उपलब्ध भएको छ भने अन्य स्थानमा भइसकेको छैन ।
बरेङ गाउँपालिकामा भवन निर्माणका लागि स्थानीय दधिराम शर्माले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । शर्माले वडा नम्बर २ सुदलामा रहेको पाँच रोपनी ३ आना जग्गा उपलब्ध गराएका हुन् ।









प्रतिक्रिया दिनुहोस्