
एजेन्सी । म्यान्चेष्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडसँग १–० ले पराजित भएपनि समग्रमा ३–२ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो ।
यसअघि पहिलो लेगको खेलमा म्यान्च्ेस्टर सिटी ३–१ ले विजयी भएको थियो । गएराती भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडलाई विजयी गराउन सर्वियन खेलाडी नेमान्जा माटिचले ३५ औ मिनेटमा निर्णायक गोल गरे ।
तर १–० को जित युनाइटेडलाई फाइनलमा पु¥याउन पर्याप्त थिएन । फाइनलमा पुगेको म्यान्चेस्टर सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासंग खेल्नेछ ।
पहिलो सेमिफाइनल खेलमा लेष्टर सिटीलाई पाखा लगाउँदै एस्टन भिल्ला फाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्