५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


लिरभपुलद्धारा वेष्ट ह्याम पराजित, तालिकामा १९ अंकको अग्रता


0
Shares

एजेन्सी । वेष्ट ह्याम युनाईटेडलाई हराउँदै लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा शिर्ष स्थानको लिभरपुलले लण्डन क्लब वेस्ट ह्यामलाई २–० ले पराजित गर्‍यो ।

लिभरपुलका लागि मोहमद सलाहा र एलेक्स अक्सलेड चेम्बरलीनले एक एक गोल गरे ।जारी लिगमा लिभरपुलको यो लगातार १५ औं जित हो ।

जितसँगै लिभरपुलले २४ खेलबाट ७० अंक जोडेको छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ५१ अंक छ । लिभरपुल इंग्लीश प्रिमियर लिगको पछिल्लो ४१ खेलमा अपराजित छ ।