निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रदिप पौडेलको प्रतिवद्धता « Image Khabar


निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रदिप पौडेलको प्रतिवद्धता


546
Shares

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरि निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निर्वाचन परिणाम संगै नेपाली कांगेसमा पुस्तान्तरण भएको भन्दै उहाँले बैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफुले लिएको बताउनुभयो ।

उहाँले निर्वाचन परिणामले पुरानो र नयाँ नेतृत्वहरुको समिश्रण पार्टीभित्र श्रृजना गराएको देखिएको भन्दै निर्वाचन पछि पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।