Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नेप्से नगन्य अंकले ऋणात्मक, कारोबार उच्च नै


0
Shares

काठमाडौं, माघ १५ । बुधबार सेयरबजार परिसूचक नगन्य अंकले ऋणात्मक रह्यो ।

उतार–चढावबीच नेप्से नगन्य अंकले ऋणात्मक रही १३ सय ५ कायम भएर थामियो ।

कारोबार भएकामध्ये बढीजसो समूह रातो रहे । निर्जीवन बिमा, लघुवित्त, होटल र व्यापार समूह सकारात्मक रहेबाहेक अरु समूह ऋणात्मक रहेका हुन् ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ९७ अंकले उकालो लाग्यो । लघुवित्त समूह पनि ९० अंकले बढ्यो । व्यापार र होटल समूह पनि दोहोरो अंकले सुधारिए । जीवनबिमा र उत्पादनमूलक समूह दोहोरो अंकले ऋणात्मक रहँदा अरु भने सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्चसेन्जमा १७६ कम्पनीका २८ लाख ७८ हजार कित्ता सेयर एक अर्ब ३० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।