
काठमाडौं, माघ १५ । जर्मन खेलाडी एलेक्जेन्डर भेरेभ र अष्ट्रियन खेलाडी डोमिनिक थियम पहिलोपटक अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।
बुधबार सातौं वरीयताका एलेक्जेन्डरले क्वार्टरफाइनलमा तीनपटकका च्याम्पियन स्वीस खेलाडी स्टानिस्लास वावरिङ्कालाई १–६, ६–३, ६–४ र ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
बुधबारै डोमिनिकले क्वार्टरफाइनलमा शीर्ष वरीयताका स्पेनिस खेलाडी रफाइल नदाललाई हराए । डोमिनिक ७–६, ७–६,४–६ र ७–६ ले विजयी भएका हुन् ।
अर्को सेमिफाइनलमा शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र रोजर फेडेरर भिड्ने भएका छन् ।
महिलातर्फ
महिलातर्फ रोमानियन खेलाडी सिमोना हालेप र स्पेनिस खेलाडी गार्बाइन मुगुरुजा सेमिफाइनलमा भिड्ने भएका छन् ।
बुधबार भएको क्वार्टरफाइनलमा सिमोनाले इस्टोनियन खेलाडी एनेट कोन्टाभेटलाई ६–१ र ६–१ को सोझो सेटमा हराइन् ।
गार्बाइनले रसियन खेलाडी एनास्थासिया पाल्भुचेन्कोभालाई ७–५ र ६–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्