
रौतहट, माघ १५ । चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत् बुधबार भएका खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा रहेको स्व. शेरबहादुर दर्लामी हातेमालो खेलमैदानमा बुधबार भएको पहिलो खेलमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई ३–० ले हराउँदै स्याङ्जाको वालिङ नगरपालिका सेमिफाइनलमा पुगेको हो ।
वालिङको जितमा सरस्वती हमालले दुई तथा मनमाया दमाईले एक गोल गरिन् ।
वालिङकी सरस्वती हमाल ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
बुधबारै भएको दोस्रो खेलमा बर्दियाको बासगढी नगरपालिकालाई १–० ले हराउँदै विराटनगर महानगरपालिकाको टोली सेमिफाइनलमा पुगेको हो ।
विराटनगरको जितमा कुसुम खतिवडाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
विराटनगरकी सरिता शेर्पा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
प्रतिक्रिया दिनुहोस्