काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई तत्काल कामकाज नगर्न अल्पकालीन आदेश दिएको छ ।
यस अघिका सदस्य सचिव रमेश कुमार सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले उक्त आदेश दिएको हो । यसैगरी सर्वाेच्चले अन्तरिम आदेशका लागी छलफल गर्न दुवै पक्षलाई पुस १२ गते झिकाउन पनि आदेश दिएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका सदस्य सचिव सिलवालले आफ्नो कार्यकाल नपुगीकन वर्तमान सरकारले हटाउने निर्णय गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । बर्तमान सरकारले सिलवाललाई हटाएर घिसिङलाई परिषद्को सदस्य सचिवमा नियुक्त गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्