२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएका नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्नु भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उहाँले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्नु भएको हो ।

सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहनु भएको छ । नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही समय लाग्ने उहाँले बताउनु भयो । ‘आज नाम, झण्डा र घोषणापत्र सार्वजनिक भएको हो । अरु कुरा बाँकी छन् । चाँडै केन्द्रीय कमिटी लगायतका काम सकिन्छन्’, त्रिपाठीले भन्नुभयो ।