Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नेप्से सामान्य अंकले सकारात्मक


0
Shares

काठमाडौं, माघ १४ । मंगलबार सेयरबजार सामान्य अंकले सकारात्मक रह्यो ।

नेप्से सामान्य अंकले सकारात्मक रहे पनि कारोबार भने डेढ अर्बनजिक पुग्यो । अघिल्लो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि आएपनि कारोबार अर्ब तलै थियो ।

यसदिन बढीजसो समूह सकारात्मक रहे । होटल, व्यापार, जलविद्युत् र वाणिज्य बैंक समूहबाहेक अरु सबै समूह सकारात्मक रहेका हुन् ।

जीवनबिमा समूहमा सबैभन्दा उच्च १५९ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूह पनि १४० अंकले उकालो लाग्यो । लघुवित्त समूह पनि ४२ अंकले बढ्दा अरु भने नगन्य अंकले मात्र हरियो रहेका हुन् । होटल र व्यापार समूहमा दोहोरो अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीका ३७ लाख ४० हजार बराबर कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।