
रौतहट, माघ १४ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत् मंगलबारका खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएका छन् ।
स्व. शेरबहादुर दर्लामी हातेमालो खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा नुवाकोटको विदुर नगरपालिकालाई ५–० ले हराउँदै उदयपुरको चौदण्डीगढी नगरपालिका विजयी भएको हो ।
उदयपुरको जितमा अनुष्का शेर्पाले दुई, मनिता तामाङले दुई र सोमलुंगा राईले एक गोल गरे ।
मंगलबारको दोस्रो खेलमा चन्द्रपुर नगरपालिकाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकालाई ५–२ ले पराजित गर्यो ।
चन्द्रपुरको जितमा रजनी ठोकरले दुई, सविता रानामगरले दुई र मनिषा राउतले एक गोल गरे ।
बाह्रबिसेको तर्फबाट पार्वती घले र सुष्मा तामाङले एक/एक गोल फर्काए ।
प्रतिक्रिया दिनुहोस्