Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


‘आइस क्लाइम्बिङ फेस्टिभल’ हुँदै


0
Shares

काठमाडौं, माघ १४ । नेपाल पर्वतारोहण संघले यही माघ अन्तिम साता दोस्रो ‘आइस क्लाइम्बिङ फेस्टिभल’ आयोजना गर्ने भएको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्ने उद्देश्यले मनाङको हुम्देमा माघ १८ देखि २७ गतेसम्म दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल आयोजना गर्न लागिएको हो ।

यसैगरी, संघले नेपाल क्लाइम्बिङ टिमसँगको सहकार्यमा माघ १८ र १९ गते ‘सातौं पार्क योङ स्योक खुल्ला वाल क्लाइम्बिङ’ प्रतियोगिता पनि आयोजना गर्दैछ ।

काठमाडौंको पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगितामा १०० भन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ ।

प्रसिद्ध कोरियाली आरोही स्व. पार्क योङको सम्झनामा उनकै नाममा स्थापित कोरियाली फाउन्डेसनको सहयोगमा हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

पर्वतारोहण संघले माघ २२ गते पोखरामा १७औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस मनाउँदैछ ।

यसैको अवसरमा माघ २० गतेदेखि तीन दिनसम्म विश्व शान्ति पूजा आयोजना गरिँदैछ ।

संघले यसअघि सन् २००६ र २०१६ मा पनि विश्व शान्ति पूजा आयोजना गरेको थियो ।