
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवार बनेकाहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह र शेखर कोइरालाले मतदान गरेका छन्।
काठमाडौंमा जारी १४औँ महाधिवेशन अन्तर्गत आज भइरहेको निर्वाचनमा देउवाले सुदूरपश्चिम बुथ,सिंहले वागमती प्रदेशको बुथ र कोइरालाले प्रदेश नम्बर १ को केन्द्रको बुथबाट मतदान गरेका हुन् । काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहको मतदान केन्द्रमा पुगेर तीनै जनाले मतदान गरेका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापति देउवा,सिंह र कोइराला बाहेक विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ । आज बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिएता पनि ३ घण्टा ढिलो गरी अपरान्ह १२ बजेबाट मात्रै मतदान शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्