
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौमा जारी १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको भन्दै फोटो पत्रकारहरुले विरोध गरेका छन् ।
फोटो पत्रकारहरुले भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा डाउन गरेर विरोध जनाएका हुन् ।फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा भूइँमा राखेर विरोध गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
सोमबार बिहान ८ बजेबाटै मतदान शुरु गर्ने भनिएतापनि ३ घण्टा ढीलो गरेर १२ बजेमात्रै मतदान शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्