Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


इलामको पुवामझुवामा प्याराग्लाइडिङको सफल परीक्षण : पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास


0
Shares

-प्रकाश नेपाल /ईमेज  

इलाम । विभिन्न स्थानमा प्याराग्लाइडिङको सफल परीक्षण भएको छ । यसले इलामको पर्यटन विकासको लागि थप संभावनाको ढोका उघारिदिएको छ ।

साहसिक पर्यटनका लागि उपयुक्त मानिएको प्याराग्लाइडिङमा पछिल्लो समय विदेशी र स्वदेशी युवाहरुको बढ्दो आकर्षण छ ।

इलाम जिल्लाका विभिन्न स्थानमा अध्ययन गरी यसको सफल परीक्षण भएसँगै प्रदेश एकमै पर्यटनको नमूना क्षेत्र बन्ने संभावना देखिएको छ ।

यसका लागि दक्ष जनशक्तिका साथै अन्य पूर्वाधारमा पनि  लगानी तयार गर्नुपर्ने औल्याइएको छ ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी इलामको पुवामझुवामा गरिएको प्याराग्लाइडिङको परीक्षणले साहसिक पर्यटन पवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीय सरोकारवालाको छ ।

समुद्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको छेलेथुम्की डाँडाबाट गरिएको उडान परीक्षणमा स्थानीयको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।

प्याराग्लाइडिङका लागि नगरपालिकाले समेत चासो दिने इलाम नगरपालिकाकी उपप्रमुख सुुशीला नेम्बाडको भनाइ छ ।

प्याराग्लाइडिङ र साहसिक पर्यटनमा विश्व किर्तिमान बनाएका द बाबु एड्भेन्चरका सञ्चालक सानोबाबु सुनुवार भने इलाम प्याराग्लाइडिङका लागि प्रदेशकै नमूना जोन बन्न सक्ने भएपनि पूर्वाधार र दक्ष जनशक्ति उत्पादनमासमेत ध्यान दिनुपर्ने धारणा राख्छन् ।

पर्यटन प्रवद्र्धनका लागि संभावनायुक्त स्थानको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारलाई तीव्रता दिनुपर्ने देखिन्छ ।