
एजेन्सी । शिर्ष वरियताका रफाईल नदाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपनअन्तर्गत चौंथो चरणको खेलमा न्युजिल्याण्डका निक किर्गोसलाई हराउदै नदाल अन्तिम आठमा पुगेका हुन् ।
३३ वर्षे नदालले किर्गोसविरुद्धको खेल ६–३, ३–६, ७–६ र ७–६ को सेटमा पराजित गरे । नदालले अब क्वाटरफाईनलमा पाँचौं वरियताका डोमिनिक थिएमसँग खेल्ने छन् ।
अष्ट्रेलियन ओपन टेनिसकै महिलातर्फ बेल्जीयमकी एलिसे मर्टीन्सलाई ६–४ र ६–४ को सोझो सेटमा हराउँदै रोमानियाकी सिमोना हालेप क्वाटरफाईनलमा पुगेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्