Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री


0
Shares

काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपालबाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले आफ्नातर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् ।

यसै अवसरमा संघका अध्यक्ष पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छिट्टै त्यसलाई टुंगो लगाइने आश्वासन दिएका थिए ।